अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमले अध्यक्ष ओली आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने

एमले अध्यक्ष ओली आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने


बुटवल -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

हिजो कपिलवस्तुमा सांसदहरू सहित हजारौं कार्यकर्ता पार्टीमा प्रवेश गराउनु भएका ओलीले बुटवलमा बस्नु भएको छ । आज बिहान ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपाकिलाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम छ । टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै ११ बजे नेपाल भुपू सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय सम्मेलन तिलोत्तमास्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा ओलीले उद्घाटन गर्नुहुनेछ ।

दिउँसो १ बजे लुम्बिनीमा सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीलेले जानकारी दिनुभयो। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।