अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विप्लव’को निर्णयप्रति असहमती जनाउदै नेता भीम चापागाईंद्वारा पार्टी छोडेको घोषणा,एमाले प्रवेशको चर्चा

‘विप्लव’को निर्णयप्रति असहमती जनाउदै नेता भीम चापागाईंद्वारा पार्टी छोडेको घोषणा,एमाले प्रवेशको चर्चा


कपिलवश्तु -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गर्नुभएको । पार्टी छोडेपछि चापागाँई एमाले प्रवेश गर्ने व्यापक चर्चा छ ।
पार्टीका व्यूरो सदस्य चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गगर्नुभएको हो ।

क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको चापागाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको बताएका छन् ।
घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेलमा लागेको बताउनुभएको छ ।