अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनदिने भ्रमणका लागि शुक्रबार प्रधानमन्त्री देउवा भारत जाने

तीनदिने भ्रमणका लागि शुक्रबार प्रधानमन्त्री देउवा भारत जाने


काठमाडौ -परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा देउवा शुक्रबार भारत प्रस्थान गेर्ने कार्यक्रम छ । देउवाको साथमा पत्नी आरजू राणा, पराराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली भारत जानेछ ।

भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार स्वादेश फर्कने कार्यक्रम छ ।