अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको पक्षमा निर्णय गर्दै कांग्रेस

गठबन्धनको पक्षमा निर्णय गर्दै कांग्रेस


काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै स्थानीय तह चुनावमा गठबन्धनको पक्षमा निर्णय गर्ने भएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने बैठकले गठबन्धनको पक्षमा निर्णय गर्ने तयारी गरेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक धारणा राख्दै गठबन्धनको पक्षमा भनाइ राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिमा दुईतिहाइ बहुमतमा रहनुभएका देउवाले गठबन्धन गर्ने पक्षमा प्रस्ट धारणा राखेपछि बैठकमा बोल्ने अधिकांश नेताले उहाँको लय समातेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पार्टीको आन्तरिक चुनावमा फरक खेमाबाट प्रतिस्पर्धा गरेका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र महामन्त्री विश्वप्रकाश शर्माले समेत चुनावी तालमेलको पक्षमा बोलेका छन् ।

सोमबारको बैठकमा महामन्त्री गगन थापा र नेताद्वय शेखर कोइराला तथा शशांक कोइरालाले भने चुनावी समीकरणको विपक्षमा आफ्नो मत जाहेर गर्नुभएको थियो ।