भैरहवा– काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दै हुनुहुन्छ ।
तिलोत्तमा नगरपालिका– २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आज गर्ने कार्यक्रम छ ।
लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।







प्रतिक्रिया