अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित

भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित


भोजपुर – टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा नेकपा एसको पूरै कमिटी नेकपा एमालेमा समाहित भएको छ।

वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङसहित २१ सदस्यीय कमिटी एमालेमा प्रवेश गरेको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताउनु भयो ।

वडास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राई, गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ध्रुव राईलगायतका नेताहरूले उनीहरूलाई स्वागत गर्नुभयो । स्थानीय निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा माओवादी, कांग्रेस र एसबाट नेता–कार्यकर्ता प्रवेश गरिरहेका छन् ।

यसअघि टेम्केमैयुङ गाउँपालिकाकै वडा नम्बर ६ कोटमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सूर्य नेपालसहितका जनप्रतिनिधि र सम्पूर्ण वडा कमिटी एमालेमा समाहित भएको थियो ।