अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र दोलखाका प्रभावशाली नेता लामासहित दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

माओवादी केन्द्र दोलखाका प्रभावशाली नेता लामासहित दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश


दोलखा – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहित दर्जनौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

आज गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्नु भएको हो।

एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले उनीहरूलाई एमालेमा स्वागत गर्नु भयो ।

माओवादी केन्द्रका नेता निमा लामासहितका दर्जनौं नेता–कार्यकर्तालाई जनताको प्यारो पार्टी नेकपा एमालेमा हार्दिक स्वागत तथा न्यानो अभिवादन साथै समृद्ध नेपालः सुःखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न तपाईहरुको पार्टी प्रवेशले दिएको योगदानको उच्च मूल्यांकन हुने पार्वत गुरुङले बताउनु भयो ।