अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा इन्धन बोकेको ट्यांकर दुर्घटना

तनहुँमा इन्धन बोकेको ट्यांकर दुर्घटना


तनहुँ – बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ।

२० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा आज दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न बाल्टी र ग्यालिन बोकेर स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।

अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै निगमका प्रवक्ता विनितमणि उपाध्ययले तेल नउठाउन स्थानीयलाई आग्रह गर्नु भयो ।