अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलको विकल्प राजसंस्था होइन  : अध्यक्ष थापा

दलको विकल्प राजसंस्था होइन  : अध्यक्ष थापा


चितवन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताउनुभएको छ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।’ जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।’  हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उहाँले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताउनुभयो ।

थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ ।’ नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उहाँको भनाइ थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उहाँले भन्नुभयो, ‘सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।’ स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उहाँले दाबी गर्नुभयो ।

राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उहाँको भनाइ थियो । ‘चुनावमा जित्नका लागि तालमेल हुनु स्वाभाविकनै हो’, उहाँले भन्नुभयो ।