अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले आजै ७५३ वटै स्थानीय तहका अध्यक्षसँग अन्तरक्रिया गर्ने

एमाले अध्यक्ष ओलीले आजै ७५३ वटै स्थानीय तहका अध्यक्षसँग अन्तरक्रिया गर्ने

घोषणा पत्र तयारी समितीले तयार गरेको अवधारणा पनि पेश गरिने


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा सबै पालिकाका अध्यक्षहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।
दिउसो १ बजे देखि करिब ३ घण्टा स्थानीय निर्वाचनको पालिकास्तरको तयारी,घोषणा पत्रमा समेट्नु पर्ने विषयवश्तु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुन्ने समय तय गरिएको छ । आजको भर्चुअल बैठकमा स्थयी कमिटीका सदस्यहरु,घोषणा पत्र तयारी समितीका सदस्यहरु,पार्टीक जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा समितीले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व अर्थमन्त्री युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्रष्तुत गर्नुहुने छ । भर्चुअल बैठक कहाँबाट गर्ने भन्ने बारे अहिले यकिन भइनसकेको एमालेले जनाएको छ ।