अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालकै ठूलो कृषि बजार आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उदघाटन गर्ने

नेपालकै ठूलो कृषि बजार आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उदघाटन गर्ने


भक्तपुर– मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सुरु गरेको तरकारी बजार आज उदघाटन हुँदैछ ।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सूर्यविनायक नगरपालिका(८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याउनुभएको हो ।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताउनुभयो ।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताउनुभयो।

तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गर्नुभएको हो ।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताउनुभयो ।

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उहाँले बताउनुभयो।

प्रसाईं नेकपा एमालेको उद्योग विभागका उपप्रमुख हुनुहुन्छ ।