अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट गठबन्धन आतंकित छ : विष्णु रिजाल

एमालेबाट गठबन्धन आतंकित छ : विष्णु रिजाल


काठमाडौं, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आफ्नो दलसँग सत्तारुढ गठबन्धन आतंकित रहेको बताउनुभएको छ ।

रिजालले फेसबुकमा बुधबार बिहान लेख्नुभएको छ, ‘हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ । घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट नेकपा (एमाले) लाई कसैले रोक्न सक्दैन । किनकि, जनता हाम्रा साथमा छन्, एमालेको सरकारका गरेका विकास र समृद्धिका योजनाहरु जनताका माझमा छन् ।’

नेकपा (एमाले) र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न नसकेको रिजालको दाबी छ । ‘ओली सरकारका पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्- एमाले बलियो छ, एक्लै लड्न सकिन्न,’ उहाँले भन्नुभएको छ, ‘त्यही भएर भ्यागुताको धानी बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन् । सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ ।’