अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बैठकको प्रतिक्रिया बुझ्न प्रचण्ड फेरि चितवनमा

कांग्रेस बैठकको प्रतिक्रिया बुझ्न प्रचण्ड फेरि चितवनमा


काठमाडौं– नेपाली कांग्रेसले केन्द्रबाट तालमेल अस्वीकार गरेपछि गृहजिल्लाको धारणा बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन जानुभएको छ ।

राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी भएसँगै दाहालले कांग्रेस धारणाबारे प्रतिक्रिया लिने बताइएको छ ।

एक हप्ता अगाडि मात्रै पनि उहाँ गृह जिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किनुभएको थियो ।

जिल्लामा महानगरपालिकाको नेतृत्व माओवादीलाई दिन कांग्रेसले अस्वीकार गरेपछि दाहालले नयाँ रणनीति बनाउने तयारी गर्नुभएको छ ।

अनौपचारिक स्रोतका अनुसार दाहालले महानगरपालिकाबाट छोरी रेणुलाई ब्याक सारेर कांग्रेसलाई सहयोग गर्ने र आगामी प्रतिनिधि सभामा आफूलाई सुरक्षित गर्ने तयारी गर्नुभएको छ ।