अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा लगानी गर्नु आगोमा हाम फाले सरहः दुर्गा प्रसाईं

देशमा लगानी गर्नु आगोमा हाम फाले सरहः दुर्गा प्रसाईं


भक्तपुर– नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेपालमा लगानी गर्नु आगोमा हाम फालेसरह हुने बताउनुभएको छ ।

झापामा मेडिकल कलेज, क्यान्सर अस्पतालदेखि भक्तपुरमा तरकारी बजार खोल्दा आफूले धेरै चुनौती व्यहोरेको बताउनुभयो ।

सूर्यविनायकमा खुलेको तरकारी बजार उदघाटन कार्यक्रममा प्रसाईंले नेपालका कतिपय व्यक्तिहरु नेपाली जनाको जीवनस्तर उठेको हेर्न नचाहेको उल्लेख गर्नुभयो ।

प्रसाईंले नेपालका सीमित व्यक्तिले आफ्नो व्यवसायका लागि लाखौं युवालाई विदेश पठाउन व्यवसायिक वातावरण निर्माण हुन नदिएको उल्लेख गर्नुभयो ।