काठमाडौँ – अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)ले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणा पत्रको लागि सुझाव सङ्कलनको लागि छलफल कार्यक्रमको आयोजना गरेको छ ।
अनेमसंघले नयाँ बानेस्वरस्थित अल्फा हाउसमा स्थानीय तहको निर्वाचनको घोषणा पत्रको लागि सुझाव सङ्कलनको लागि छलफल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा पार्टीले आगामी स्थानीय तह निर्वाचनमा रोजगारी, एक विद्यालय एक नर्स कार्यक्रममा महिला हिंसाविरुद्ध एकीकृत कानुन र कार्यान्वयन, कृषिको यान्त्रिकीकरणमा जोड, एकीकृत बस्ती विकास कार्यक्रम, समाजवाद उन्मुख महिला सशक्तीकरण, स्थानीय बस्तु उत्पादन, उपभोग तथा बजारीकरण, महिला उत्थान नमुना ग्राम कार्यक्रमलगायत विषयवस्तु समेट्नुपर्ने जस्ता सुझावहरु आएको अनेमसंघका महासचिव एवम् पार्टी केन्द्रीय सदस्य पेम्बा लामाले जानकारी दिनुभयो ।
छलफलमा आएका सुझावहरूलाई अनेमसंघले विषयगत रूपमा पार्टीले गठन गरेको सुझाव सङ्कलन समितिलाई बुझाइने सचिवालय सदस्य लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा अनेमसंघका संयोजक थममाया थापा, इन्चार्ज सिता पौडेल, सहसंयोजक रुक्मिणी राना, पूर्व इन्चार्ज गोमा देवकोटा, सचिव सुजिता शाक्य, सुझाव सङ्कलन समितिका सदस्य प्रभा बराल, विभिन्न प्रदेशका नेता तथा विज्ञहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीले गठन गरेको सुझाव सङ्कलन समितिका सदस्य प्रभा बरालले सुझावलाई सङ्कलनका बारे आफ्नो भनाई राख्नुभएको थियो ।








प्रतिक्रिया