अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : अध्यक्ष प्रचण्ड

चितवन भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : अध्यक्ष प्रचण्ड


चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताउनु भएको छ ।

चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर महानगरपालिकाको मेयरमा हाम्रो पार्टी दाबी छँदैछ ।’

प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भन्नुभयो ।