अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले एक सीट पनि जिते मेरो सम्पत्ति तिनीहरूको नाममा पास गरिदिन्छु :  दुर्गा प्रसाई

नेकपा एसले एक सीट पनि जिते मेरो सम्पत्ति तिनीहरूको नाममा पास गरिदिन्छु :  दुर्गा प्रसाई


काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्नु भएको छ ।

भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘अरुको भन्दिन नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उहाँको दाबी छ ।