काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताउनु भएको छ ।
अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला–एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताउनु भयो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरु एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ।’
एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताउनु भयो । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।







प्रतिक्रिया