ललितपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो भीमकाय शक्ती अगाडी देखेपछि अन्य दलले गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।
आज ७५३ वटै पालिकाका अध्यक्षहरुसँग स्थानीय निर्वाचनको तयारीको सन्दर्भमा छलफल गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।
एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले गठबन्धन अन्य दलहरुको बाध्यता भएको उल्लेख गर्नुभएको छ । ‘गठबन्धन उहॉहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ । एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त रु’ पालिका अध्यक्षहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।
जतिसुकै गठबन्धन भए पनि एमालेमा हजारौं मानिसको प्रवेशको लहर भएकोले गठबन्धनलाई पराजित गर्न सहज हुने ओलीको भनाइ छ ।







प्रतिक्रिया