काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपाल र प्रचण्ड आफ्नो अस्तित्व जोगाउन नसकेको र कांग्रेसको शरणमा पुगेको बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले उहाँहरु अहिले आफ्नो रक्षाको भिख मागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिखारीले कचौरा थापे जसरी प्रचण्ड र माधव नेपाल कांग्रेसको दैला बाहिर बसिरहेका छन्, कांग्रेस केन्द्रीय समितिले के निर्णय गर्छ भनेर बसिरहनु भएको छ ।’
प्रचण्डले माओवादी जनयुद्ध गिरिजाप्रसाद कोइरालाको पाउमा चढाएको उहाँले बताउनुभयो । अहिले प्राप्त उपलब्धि शेरबहादुरको पाउमा सुम्पिएको उहाँको भनाइ छ । ‘प्रचण्डले रुखमा चढेर काफल खान सक्नु भएन, भुईँमा झरेको काफल खानुभयो’, उहाँले भन्नुभयो ।
बस्नेतले एमाले प्रवेश गरेका पूर्वलडाकुलाई पार्टी र युवा संघमा उचित स्थान दिने बताउनुभयो । युवा संघ र पार्टीले सल्लाह गरेर सबैलाई जिम्मेवारी दिने बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया