काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिई स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता–पत्र तयारी ‘भर्चुअल कार्यशाला’मा बुधबार अध्यक्ष ओलीले यस्तो निर्देशन दिनु भएको हो ।
अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिनु भयो । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उहाँले निर्देशन दिनु भयो ।
प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभयो । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभयो ।
कार्यशालमा कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी सहभागी थिए।







प्रतिक्रिया