अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति र गैर-आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

प्रधानसेनापति र गैर-आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता


काठमाडौं – नेपालका लागि बंगलादेशका गैर-आवसीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । 

प्रधानसेनापतिको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।