अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन गर्नेले दु:ख पाउँछन् : नेम्वाङ

गठबन्धन गर्नेले दु:ख पाउँछन् : नेम्वाङ


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक बताउनुभयो । ‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भन्नुभयो,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’

वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘त्यो (सत्तारूढ गठबन्धन) भएको छ कि छैन रु त्यतातर्फ म टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरू दुख पाउनुहुन्छ !’ उनले भने ।