अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु



बागमती – हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।