अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल


जनकपुरधाम – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई-मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गर्नु भएको छ ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताउनु भयो ।

महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरीबी र बेरोजगारी समस्या हल गर्न चाहेको समेत बताउनु भयो। उहाँले भन्नुभयो, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’

एमालेको मुख्य एजेण्डा विकास र समृद्धि छ, गरीबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा भएको महासचिव पोखरेलले बताउनु भयो । उहाँले एमाले विरुद्ध मधेसमा सामन्ती मनोवृत्ति कायमै रहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताउनु भयो ।