अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने

५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने


काठमाडौं – नेकपा एमालेको स्थानीय तहबाट बनाउने निर्वाचन प्रतिवद्धता पत्रको ढाँचा एउटै हुने भएको छ।

केन्द्रबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिवद्धता पत्र दुईवटा बनाउने निर्णय गरेको एमालेले विगतमा गरेका काम कारवाही उल्लेख गर्न निर्देशन दिएको छ ।

‘स्थानीय तहको प्रतिवद्धता पत्र देशैभरि एउटै ढाँचामा हुनेछ,’ एमालेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समिक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धीलाई उल्लेख गर्नुपर्नेछ ।’ स्थानीय तहको प्रतिवद्धता पत्र निमार्ण गर्दा विज्ञहरूसँग छलफल गर्न समेत एमालेले निर्देशन दिएको छ ।