काठमाडौ -लगानी बोर्डको कार्यालयले सूर्यतारा सिमेन्ट परियोजनालाई स्वीकृति दिएको छ।
बिहीबार प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त परियोजना निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।
त्यसैगरी, नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको दियाग इन्डस्ट्रिज जम्भ कम्पनीलाई अनुमति पत्र दिने समेत निर्णय गरेको छ।
यसबाहेक बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको प्रस्तावक कम्पनीले पेस गरेको विस्तृत परियोजनाा प्रतिवेदन पनि स्वीकृत गरेको छ। त्यस्तै माथिल्लो कर्णाली जलविद्यिुत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याादथपसम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षातामा गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निम्ति बोर्ड बैठकमा पेस गर्न लगानी बोर्डको कार्याालयलाई निर्देशन दिइएको छ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत् पििरयोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा बिक्री तथा सो बाहेकको अतिरिक्त ऊर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी बोर्डसमक्ष प्रतिवेदन पेस गर्न राष्ट्रिय योजनाा आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई फरक अध्ययन समिति गठन गरेको छ।
बैठकले लगानी बोर्ड कोष स्थापनासम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको डिजाइन बिल्ड फाइनान्स अपरेट मेनटेन ९डीबीएफओएम० मोडलको अवधारणापत्र स्वीकृत गरी सोसम्बन्धी आवश्यक कानुनी तथा संस्थागत व्यवस्थाका लागि बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बोर्डको कार्यालयको संस्थागत सुधारका लागि बोर्डले इन्टर्न भर्ना सञ्चालन एवं नियमनसम्बन्धी मापदण्ड पनि स्वीकृत गरेको छ। साथै विशेषज्ञ समिति वा कार्यदल गठन तथा विशेषज्ञ नियुक्ति र पारिश्रमिक एवं सुविधासम्बन्धी मापदण्ड अर्थ मन्त्रालयको राय सहमति समावेश गरी स्वीकृत गरेको छ।
बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापारघाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पापउन गुणस्तरीय लगानी भित्र्याउनुपर्नेमा जोड दिएको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए। उनले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको अहं भूमिका रहने हुँदा पुँजी र प्रविधि भित्र्याउन लगानी बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिनुभयो।
बैठकमा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णय कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुबारे जानकारी गराएका थिए।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, वन तथाा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास वैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो।







प्रतिक्रिया