उदयपुर- नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको चिन्ता गर्ने पार्टी एमाले मात्र भएको बताउनु भएको छ ।
बिहीबार उदयपुरको बेलका नगरपालिकामा आयोजित युथफोर्सको नगर अधिबेशन लाई सम्बोधन गर्दै नेता बस्नेतले देश आर्थिक रुपमा जर्जर हुदा पनि गठबन्धन धारी सत्तारुढ दलहरु उदाशिन रहेको बताउनुभयो ।
केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि तल्लो तहका कार्यकर्ताले एमालेलाई भोट दिने भन्दै गठबन्धनले एमालेलाई फाइदा हुने धारणा राख्नुभयो ।
गठबन्धनका निम्ति माधव र प्रचण्ड जुनसुकै हद सम्म जाने बताउँदै बस्नेतले भन्नुभयो ‘समाजबादी र माओवादीले गठबन्धनका नाममा कांग्रेससँग भिकमाग्न ढोका कुरेर बसेका छन्’ ।
नगर अधिवेशनमा दुई हजार भन्दा बढीको सहभागिता रहेको युथ फोर्सका जिल्ला अध्यक्ष विमल भण्डारीले जानकारी दिनुभयो । उक्त अधिबेशनले कृष्ण आचार्यको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।







प्रतिक्रिया