अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखको भगवत‍ीमाई गाउँपालिकाका अध्यक्ष थापा एमालेमा फर्किदै

दैलेखको भगवत‍ीमाई गाउँपालिकाका अध्यक्ष थापा एमालेमा फर्किदै


काठमाडौं- दैलेखको भगवत‍ीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किदै हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोड्नुभएको छ ।

केही दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।

थापासँगै सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन् ।

अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित हुनुभएको थियो। नेकपा एस समाजवादीमा सनाखत गरेका दैलेखको भगवतिमाई गाउँपालिकाका केही वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसहित एमालेमा आज फर्किने भएका छन् ।