बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका प्रभावशाली नेता ईन्द्र थापा नेकपा (एमाले)मै सक्रिय हुने घोषणा गर्नुभएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपुर्व नेकपा (एमाले)को जिल्ला सदस्य तथा एकतापछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगरक मिटिका अध्यक्ष समेत रहनुभएका थापा पार्टी विभाजनपनि नेकपा (एस)मा सक्रिय हुनुहुन्थ्यो ।
थापाले बिहीबार एक अपिल प्रकाशित गर्दै नेपालको स्वाधिनता रक्षाका लागि अग्रसर राष्ट्रवादी पार्टी नेकपा (एमाले) रहेकाले एमाले भन्दा बाहिर रहनु देश र जनताका लागि धोका दिनु सरह रहेकाले सबैलाई एमालेमा समाहित हुन आग्रह समेत गर्नुभएको छ ।
अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनपछि प्राविधिक कारणवश आफू नेकपा (एमाले) भन्दा बाहिर रहनुपर्ने अवस्था आएकाले आफूजस्तै एमाले भन्दा बाहिर रहनेहरुलाई एमालेमै फर्केर राष्ट्रिय स्वाधिनता रक्षाका लागि अग्रसर हुन आग्रह गर्नुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता रहनुभएका थापा एमालेमै निरन्तरता दिने घोषणासँगै एकीकृत समाजवादीलाई धक्का पुगेको छ ।







प्रतिक्रिया