अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावबारे एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच छलफल

स्थानीय चुनावबारे एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच छलफल


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ।

नेपालगञ्जमा बुधबार उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो।

महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुनुहुन्छ ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।