अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य ९९ हजार सात सयमा रुपैयाँमा कारोबार

सुनको मूल्य ९९ हजार सात सयमा रुपैयाँमा कारोबार


काठमाडौँ – सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि, बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।  

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ ।