काठमाडौंको भद्रकालीमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
महानगरपालिका-१ का ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनु भयो । दुर्घटना बिहीबार साँझ पौने ७ बजे भएको हो।
नयाँ सडकबाट भोटाहिटीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क ०५५१ नम्बर को शंकर अक्सिजन ग्यास प्राइभेट लिमीटेडको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। बा ६४ प ६३८० नम्बरको मोटरसाइकल ठक्कर दिएको हो।
प्रहरीले घटनापछि मोटरसाइकल चालक महमदलाई वीर अस्पताल लगिएको थियो। उपचारको क्रममा महमदको मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताउनु भयो । उहाँकाअनुसार चितवन गौरीगञ्ज नगरपालिका-८ घर भई बालाजु बस्दै आएका ४४ वर्षीय सन्त बहादुर गोपालीलाई ग्यास बुलेटसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान महानगरीय प्रहरी बृत्त जनसेवाले गरिरहेको छ।







प्रतिक्रिया