अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहमा एमाले एक्लैले दुईतिहाइ जित्छ : एमाले उपाध्यक्ष पौडेल  

स्थानीय तहमा एमाले एक्लैले दुईतिहाइ जित्छ : एमाले उपाध्यक्ष पौडेल  


ललितपुर – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ भन्दा बढी सीट ल्याउने दाबी गर्नु भयो ।

ललितपुर महानगरपालिका वडा-१८ मगरगाउँमा आज आयोजित कार्यक्रम सम्बोधन गर्दै उहाँले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ भन्दा बढी सीट ल्याउने दाबी गर्नु भएको हो ।

आगामी निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडेलले भन्नुभयो, ‘एमालेले दुईतिहाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’  

एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उपाध्यक्ष पौडेलले बताउनु भयो । सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रयास गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।

उपाध्यक्ष पौडेल भन्नुहुन्छ, ‘अब कसैले चाहेर पनि रोकिँदैन । तपाईंहरु निर्वाचनको परिणाम आएर विजय जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस् ।’

उपाध्यक्ष पौडेलले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउनु भयो ।