अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएलजी इन्स्योरेन्सको लाभांश पारित

एनएलजी इन्स्योरेन्सको लाभांश पारित


 काठमाडौँ – एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार बसेको १६ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतका दरले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश पारित गरेको हो ।

यस्तै साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शालीनी राण शाह र भरत कुमार थापा सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।