काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिको आविष्कार नेपालका पूर्वजहरूले गरेको बताउनु भएको छ।
पार्टीनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघको ८औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘संस्कृति भन्ने चिज हाम्रै पूर्वजहरूले निकालेका हुन् । भाषा, लिपि, संगीत, लय, सुर, ताल, धुन, छन्द यी सबै कुरा पनि हाम्रै पूर्वजहरूले आविष्कार गरेका हुन् । दुनियाँमा कहीँ पनि हुँदैन । दोहोरीका लागि आँसुकवि चाहिन्छ । आँसुकविकवियत्रीको अभाव नेपालमा छैन ।’
जति बेला लिपि थिएन उति बेला स्मरण रहोस् आफ्ना ज्ञानलाई लयबद्ध रूपमा संगठित गर्ने, विकास गर्ने र लयबद्ध बनाएर सम्प्रेषण गर्नेक्रममा संस्कृति आविष्कार भएको उनले बताए ।







प्रतिक्रिया