जनकपुरधाम – सिरहाको गोलबजार नगरपालिका-११ का वडाध्यक्ष रामदेव यादवको निधन भएको छ ।
मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस हुनु भएको थियो । उहाँलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिनुभयो ।
यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँका श्रीमतीसहित तीन छोरी र छन्।
प्रतिक्रिया