अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ निक्षेप खाता

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ निक्षेप खाता


काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण ९रेमिटान्स० प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको छ । न्यूनतम रु। एकहजार मै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ ।

सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फतब् खाता खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।