काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस सधैं थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने भन्दै आरोप लगाउनु भएको छ ।
कांग्रेसको यस्तो पुरानै शैली भएको भन्दै उहाँले कांग्रेसको गठबन्धनप्रति कटाक्ष गर्नुभयो । उहाँले वर्तमान गठबन्धनलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको थियो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ। शत्रुसँग घाँटी जोड्ने। बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्छ । थोत्रा र पत्रु तत्वसँग कांग्रेसले एकता गर्छ । हिजो होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो ।’
कांग्रेसलाई राम्रा शक्तिसँग मिल्न जटिल हुने भन्दै अध्यक्ष ओलीले आफूहरूसँग नमिलेर भागेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले जयतु संस्कृतम आन्दोलनको सन्दर्भ जोड्दै २००७ सालअघि नै विद्यार्थी आन्दोलन दबाउन भारतीय सेनालाई नेपालमा भित्र्याएर विद्यार्थीहरूको टाउको काटेको आरोप लगाउनु भयो । भीमदत्त पन्त लगायत सहिदहरूलाई कांग्रेसले भारतीय सेनालाई नेपालमा ल्याएर दमन गरेको र टाउको काटेको उहाँको आरोप लगाउनु भयो । अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आज यस्तो बताउनु भयो ।







प्रतिक्रिया