खोटाङ– नेकपा एमाले जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज खोटाङ आउँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि हेलिकप्टरमा हलेसी उत्रने कार्यक्रम छ ।
अध्यक्ष ओली र उपाध्यक्ष थापाले त्रिधार्मिकस्थल हलेसी महादेवको र हलेसी मारतिका गुम्बाको अवलोकन पछि जनसभा स्थल प्रस्थान गर्नुहुने प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।
जनसभा कार्यक्रममा विभिन्न पार्टीबाट दुई हजारबढी नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी रहेको एमाले खोटाङले जनाएको छ। अध्यक्ष ओली र उपाध्यक्ष थापालाई दिक्तेलमा स्वागत गर्नका लागि एमालेका सबै भातृ सङ्गठनहरुले विभिन्न ठाउँमा गेट समेत निर्माण गरेका छन् ।







प्रतिक्रिया