अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी कमाण्डर पूर्णबहादुर कै जिल्ला सुर्खेतमा काँग्रेसमा किचलो ,गठबन्धन नमान्ने कोइराला समुहको चेतावनी

चुनावी कमाण्डर पूर्णबहादुर कै जिल्ला सुर्खेतमा काँग्रेसमा किचलो ,गठबन्धन नमान्ने कोइराला समुहको चेतावनी


सुर्खेत -गठबन्धन गरेर स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउन काँग्रेस कर्णाली प्रदेश कार्यलयमा हिजो दिउसो सत्ता गठबन्धनको बैठक बस्यो । ठिक त्यही समयमा वीरेन्द्रनगरको भेरी एफएम परिसरमा त्यही गठबन्धन नमान्ने र पार्टीभित्र आफ्नो हिस्सा सुरक्षित गर्ने रणनीतिमा काँग्रेसको अर्को गुटको बैठक बस्दैथियो ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितीका संयोजक एवं काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गठबन्धन नमान्ने शेखर कोइराला समुहको निर्णयले गठबन्धनका दलहरुमा अविश्वास पैदा गरेको छ ।
उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नै आन्तरिक कलहमा फसेको काँग्रेसले त्यसबाट पार नपाउँदै खुला चौरमा कोइराला गुटको बैठक बसेर पार्टीभित्रको विवादलाई सार्वजनिक गरेको छ । हिजोको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन नमान्ने, ठूला नेताले नै जिल्लाको पार्टी बिगारेको र पार्टी भित्रका हरेक अवसरमा ४० प्रतिशत हिस्सा पाउनु पर्ने माग अघि सारेको छ । सुर्खेतमा कोइराला समुहको नेतृत्व हृदयराम थानीले गर्नुहुन्छ भने देउवा समुहको नेतृत्व खड्काले ।
काँग्रेस सुर्खेतका पूर्व सभापति एवं कोइराला गुटका नेता कमलराज रेग्मीले पार्टीमा ४० प्रतिशत हिस्सा आफूहरुले पाउनु पर्ने माग गर्नुभएको छ । ‘माओवादी र समाजवादीका मान्छे देखाएर पार्टी भित्रै हामीलाई पाखा लगाउने प्रयास भइरहेको छ’ कोइराला गुटका एक नेताले भने ‘एमालेको मजबुद शक्तिका अगाडी जनाधार नभएका पार्टी भेला गरेर चुनाव जित्न सजिलो छैन । यो कुरा नेतृत्वले बुझ्नु पर्दछ । ’