अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्ला -कालिकोटपछि खोटाङमा हजारौं मानिस एमालेमा प्रवेश गराउदै अध्यक्ष ओली

जुम्ला -कालिकोटपछि खोटाङमा हजारौं मानिस एमालेमा प्रवेश गराउदै अध्यक्ष ओली


खोटाङ -कर्णाली पहाडका जुम्ला कालिकोटमा हजारौं मानिसहरुलाई एमाले प्रवेश गराए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश नं १ को पहाडी जिल्ला खोटाङमा २ हजार मानिसलाई पार्टी प्रवेश गराउदैहुनुहुन्छ ।
त्यसका लागि अध्यक्ष ओली केहीबेरमा हलेसीतर्फ उड्दै हुनुहुहुन्छ । हलेसी गुफाको पर्यटकीय सम्भावनाका बारेमा स्थानीयवासीहरुसँग केही बेर अन्तरक्रिया गरेर अध्यक्ष ओली कार्यक्रम स्थल दिक्तेलतर्फ उड्नुहुनेछ । अध्यक्षको सचिवालयले जनाए अनुसार दिक्तेलमा विभिन्न पार्टी परित्याग गरेर करिब २ हजार जना एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । त्सपछि अध्यष ओलीले यहाँ आयोजित बृहत्त जनसभालाई सम्बोधन गर्नुहुनेछ । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।