अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु


धादिङ – धुनिबेँसी नगरपालिका वडा-१ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो छ ।

उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।