अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्वार्कोमा तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ग्वार्कोमा तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु


ललितपुर – ललितपुरको ग्वार्को हिजोराति ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार राति बा २ ख ६५१० नम्बरको ट्याङ्करले ठक्कर दिँदा ललितपुरकै मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्यांकर चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।