अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राससका फोटो पत्रकार श्रेष्ठको बिस्का जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी हुने

राससका फोटो पत्रकार श्रेष्ठको बिस्का जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी हुने


काठमाडौं – राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी हुने भएको छ ।

आज ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बिस्केट जात्रामा मध्यपुरथिमि नगर क्षेत्रभित्र मनाइने विभिन्न जात्राको तस्वीर भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा यही चैत २२ देखि २४ गतेसम्म बिस्का जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी गरिने जानकारी दिएको हो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कला, संस्कृति एवं जात्रा पर्वको संरक्षणमा टेवा पु¥याउँदै आएको चर्चा गर्दै मध्यपुरथिमिका पत्रकार श्रेष्ठको बिस्केट जात्रासम्बन्धी तस्वीर प्रदर्शनीमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण, जगेर्ना र भौतिक संरचनाको पुनःनिर्माणमा नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरेका छौँ, यहीँ सन्दर्भमा पत्रकार श्रेष्ठले मध्यपुरथिमिमा मनाइने बिस्केट जात्राको प्रचार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताएपछि यसमा नगरपालिकाले सहयोगमा गर्ने भएको छ ।’

कार्यक्रममा पत्रकार श्रेष्ठले बिस्केट जात्रामा मध्यपुरथिमिमा धेरै जात्रा हुने भए पनि जिब्रो छेड्ने जात्रामात्रै प्रचारमा आउने भएकाले यहाँका सबै जात्राका बारेमा जानकारी दिएर भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न फोटो प्रदर्शनी गर्न लागेको बताउनुभयो ।

पत्रकार श्रेष्ठले भन्नुभयो, ‘मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रामात्रै होइन, बिस्केट जात्रामा यहाँ बिहान, दिउँसो र राति फरक दिन फरक र आकर्षक जात्राहरू मनाइन्छ, सिन्दुर, ३२ खट, जिब्रो छेड्ने, सिद्धिकाली, विष्णुवीर, रात्रिको चान्हेसिया, बालकुमारी, लागकू, नगदेश, हकुनेलगायत निकै राम्रा जात्रा मनाइन्छ, जात्रा अगाडि फोटो प्रदर्शनी गरेर जानकारी गराउँदै प्रत्यक्षरूपमा जात्रा हेर्न आउनका लागि प्रोत्साहन गर्न यो फोटो प्रदर्शनी गर्न लागिएको हो ।’

प्रदर्शनीमा जात्रासम्बन्धी फरक–फरक महत्वका ७० तस्वीर राखिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले थिमिको जात्राका बारेमा जानकारी दिने एकल फोटो प्रदर्शनीले यहाँको जात्रा, पर्वको प्रचारका साथै पर्यटनलाई आकर्षित गर्न टेवा पुग्ने बताउनुभयो ।