अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि इन्धन सहज हुने

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि इन्धन सहज हुने


काठमाडौं- पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीको आन्दोलन फिर्ता भएको हो ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

आन्दोलन फिर्ता लिएसँगै इन्धन सहज हुने भएको छ ।