काठमाडौ -राष्ट्रिय युवा संघ नेपाल,जिल्ला कमिटी इलामकी सचिवालय सदस्य युवन्तिका तामाङ्गले
विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर फहराउने हुनुभएको छ ।
सुर्योदय नगरपालिका वडा नं १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी ओलीको तस्विर फहराउने हुनुभएको हो । केपी ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शिर सगरमाथा झैं उचो बनाएकाले आरोहणका क्रममा आफुले केपी ओलीको तस्विर फहराउने तयारी गरिरहेको बताउनुभयो।
आफु संगठनमा रहेर काम गरिरहेको कारण सर्वोच्च शिखर सगरमाथामा तामाङले राष्ट्रिय युवा संघको झण्डालाइ समेत फहराउने तयारी गर्नुभएको छ । आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापीत गराउन सफल भएकाले संघको झण्डा समेत केपी ओलीसँगै फहराउने उहाँले बताउनुभयो ।

पार्टी अध्यक्ष ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आज बालकोटमा आज राष्ट्रिय झण्डा र युवा संघ नेपालको झण्डा र अध्यक्ष ओलीको तस्विर तामाङ लाई हस्तन्तरण गर्नुभएको छ ।
युवाहरुको मार्गदर्शन, मुलुकको मेरुदण्ड तथा प्रेरणाको स्रोत समेत संघ भएकाले संघका संस्थापक अध्यक्ष ओलीको तस्विर सगरमाथामा फहराउने तामाङले बताउनुभयो ।







प्रतिक्रिया