तेह्रथुम– स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारीमा रहेका मेयरहरु सरकारी गाडी फिर्ता गर्न थालेका छन् ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्वाहाङ्फेले सरकारी गाडी फिर्ता गर्नुभएको छ । बुधबार को १ झ ५८३ नम्बरको सरकारी गाडी नगरपालिका प्रशासनलाई फिर्ता गरेका उहाँले अब भाडाको गाडी खोजेर चुनावी अभियान थाल्ने बताउनुभयो ।
पाँच वर्षअघि निर्वाचित मध्ये प्रदेश १ का अधिकांश मेयर फेरि मेयरको आकांक्षी छन् । निर्वाचन मिति नजिकिएसँगै दलको कार्यक्रममा सरकारी गाडी पुगिरहेका छन् ।
मेयर तुम्वाहाङ्फेले स्थानीय निर्वाचन–२०७९ को आचारसंहिता पनि लाग्ने भएका कारण अहिले नै गाडी फिर्ता गरेको बताउनुभयो ।
उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । कार्यकाल सकिन करिव डेढ महिना बाँकी रहदै शनिबार ९चैत्र १९० कार्यक्रमवीच सरकारी गाडी फिर्ता गर्नुभएको हो ।
उहाँले को १ झ ५७० नम्बरको नगरपालिकाको गाडी चढ्दै आउनुभएको थियो । फागोले चैत र वैशाख महिनाको अन्य सुबिधा (तलब,भत्ता) समेत नलिने घोषणा गर्नुभयो ।





प्रतिक्रिया