अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं – मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।