सिन्धुपाल्चोक — सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगर मानेस्वाँरा लामा टोल गाउँका स्थानीय मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिनुभयो ।
आगलागीमा तामाङका छोरा १० वर्षका इशाक, उनकै भाइ कुमार तामाङका ६ वर्षका छोरा सरगम र छिमेकी पदम तामाङको साढे २ वर्षीया छोरी दिव्याको जलेर घरभित्रै मृत्यु भएको हो ।
त्यतिबेला अर्को कोठामा जलेर घाइते भएका मिनबहादुरलाई उपचारार्थ बलेफी गाउँपालिका खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ ।





प्रतिक्रिया